सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, ४ राउण्ड हवाई फायर « Khabarhub

सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, ४ राउण्ड हवाई फायर


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापाको नेपाल भारतस्थित सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी झापका अनुसार गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको हो।

गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति नेपाल प्रवेश गर्न हातहतियारसहित आएका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

सीमावर्ती भारतीय गाउँबाट घरेलु हतियारसहित आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी झापाले जनाएको छ।

सशस्त्र प्रहरीको केन्द्रय प्रवक्ता प्रवीणकुमार श्रेष्ठले झापामा भारतीय नागरिकहरु रातको समयमा नेपाल प्रवेश गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले उनीहरुलाई भगाएको बताए।

उनका अनुसार त्यसक्रममा दुई प्रहरी घाइते भएको समेत बताए। जिल्ला प्रहरी झापाबाट पनि त्यसक्षेत्रमा प्रहरी खटिएको झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिएका छन्।

यसअघि शनिवार पर्साको ठोरीमा भारतीय नागरिकहरुले सीमा स्तम्भ उखालेर फालेको विषयमा पनि विवाद भएको थियो। सशस्त्र प्रहरीका अनुसार सीमा स्तम्भ १५२ नजिकै घटना भएको थियो। भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन्।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ३ : ०७ बजे

रसुवा बाढीका कारण विद्युत क्षमतामा १० प्रतिशत प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको