रेडक्रस र कोका-कोलाद्वारा स्वास्थ्यकर्मी र स्वयंसेवकलाई सुरक्षा सामग्री वितरण « Khabarhub

रेडक्रस र कोका-कोलाद्वारा स्वास्थ्यकर्मी र स्वयंसेवकलाई सुरक्षा सामग्री वितरण


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपाल रेडक्रस सोसाइटी र कोका-कोला नेपालले कोभिड-१९ महामारीका बाबजुद सक्रियताका साथ आफ्नो काममा खटिरहेका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा र भलाई सुनिश्चित गर्न निरन्तर सुरक्षा सामग्रीहरु वितरण गर्दै आइरहेको छ ।

यस परियोजनाको जारी प्रयासहरुको एक हिस्साको रुपमा कोभिड-१९ को फैलावटलाई कम गर्न अग्रपतिंमा समर्पित रहेर काम गरिरहेका रेडक्रस एम्बुलेन्सका सवारी चालकहरु, रक्तसञ्चार सेवाका प्राविधिकहरु तथा क्वारेन्टिनमा खट्ने स्वयंसेवाहरुको लागि एन नाइन्टिफाइभ मास्क, सुरक्षा बुट र स्यानिटाइजर जस्ता व्यक्तिगत सुरक्षा सामग्रीहरु वितरण गरिएको छ।

असार १७ गतेबाट शुरु गरिएको सो वितरण कार्यक्रमको लक्ष्य देशभरका सबै लक्षित स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुमाँझ पुगेर उनीहरुको सुरक्षा अभिवृद्धि गर्नु हो । हालसम्म, सुदुरपश्चिमका केहि जिल्ला र प्रदेश १ बाहेक देशभरका सबै जिल्लाका रेडक्रसका अधिकारीहरुलाई सुरक्षा साम्रगीहरु हस्तान्तरण गरिसकेको छ । सबै जिल्लाहरुमा वितरण कार्यक्रम यहि साताभित्र सम्पन्न हुँदैछ ।

‘कोका-कोला नेपालसंगको यो साझेदारीले रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरु र स्वास्थ्य कर्मचारीहरु र २४७ एम्बुलेन्स चालकहरुको मनोबल र सुरक्षा बढाउन मद्दत गरेको छ । साथै, यसले स्वास्थ्य, सरसफाई, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टाइन सहयोगमा खटिइरहेका रेडक्रसका स्वयंसेवकलाई पनि प्रोत्साहित गरेको छ,’ नेपाल रेडक्रसका निर्देशक दिव्यराज पौडेलले बताए ।

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने,’हामी हाम्रा एम्बुलेन्स चालकहरु, रक्त सञ्चार सेवाका प्राविधिकहरु र स्वयंसेवकहरुलाई आभार प्रकट गर्न चाहन्छौं जसले यस्तो चुनौतीपूर्ण समयमा पनि निष्ठाका साथ आफ्नो कर्तव्य पूरा गरिरहेका छन् । हाम्रो पार्टनर नेपाल रेडक्रस सोसाइटीका साथ अग्रपतिंमा रहेका सम्पूर्णको स्वास्थ्य र सुरक्षामा सहयोग गर्न सुरक्षा सामग्रीहरु प्रदान गरिरहँदा हामी खुसी छौं ।’

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ३ : १९ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने