रेडक्रस र कोका-कोलाद्वारा स्वास्थ्यकर्मी र स्वयंसेवकलाई सुरक्षा सामग्री वितरण « Khabarhub

रेडक्रस र कोका-कोलाद्वारा स्वास्थ्यकर्मी र स्वयंसेवकलाई सुरक्षा सामग्री वितरण


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपाल रेडक्रस सोसाइटी र कोका-कोला नेपालले कोभिड-१९ महामारीका बाबजुद सक्रियताका साथ आफ्नो काममा खटिरहेका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा र भलाई सुनिश्चित गर्न निरन्तर सुरक्षा सामग्रीहरु वितरण गर्दै आइरहेको छ ।

यस परियोजनाको जारी प्रयासहरुको एक हिस्साको रुपमा कोभिड-१९ को फैलावटलाई कम गर्न अग्रपतिंमा समर्पित रहेर काम गरिरहेका रेडक्रस एम्बुलेन्सका सवारी चालकहरु, रक्तसञ्चार सेवाका प्राविधिकहरु तथा क्वारेन्टिनमा खट्ने स्वयंसेवाहरुको लागि एन नाइन्टिफाइभ मास्क, सुरक्षा बुट र स्यानिटाइजर जस्ता व्यक्तिगत सुरक्षा सामग्रीहरु वितरण गरिएको छ।

असार १७ गतेबाट शुरु गरिएको सो वितरण कार्यक्रमको लक्ष्य देशभरका सबै लक्षित स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुमाँझ पुगेर उनीहरुको सुरक्षा अभिवृद्धि गर्नु हो । हालसम्म, सुदुरपश्चिमका केहि जिल्ला र प्रदेश १ बाहेक देशभरका सबै जिल्लाका रेडक्रसका अधिकारीहरुलाई सुरक्षा साम्रगीहरु हस्तान्तरण गरिसकेको छ । सबै जिल्लाहरुमा वितरण कार्यक्रम यहि साताभित्र सम्पन्न हुँदैछ ।

‘कोका-कोला नेपालसंगको यो साझेदारीले रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरु र स्वास्थ्य कर्मचारीहरु र २४७ एम्बुलेन्स चालकहरुको मनोबल र सुरक्षा बढाउन मद्दत गरेको छ । साथै, यसले स्वास्थ्य, सरसफाई, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टाइन सहयोगमा खटिइरहेका रेडक्रसका स्वयंसेवकलाई पनि प्रोत्साहित गरेको छ,’ नेपाल रेडक्रसका निर्देशक दिव्यराज पौडेलले बताए ।

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने,’हामी हाम्रा एम्बुलेन्स चालकहरु, रक्त सञ्चार सेवाका प्राविधिकहरु र स्वयंसेवकहरुलाई आभार प्रकट गर्न चाहन्छौं जसले यस्तो चुनौतीपूर्ण समयमा पनि निष्ठाका साथ आफ्नो कर्तव्य पूरा गरिरहेका छन् । हाम्रो पार्टनर नेपाल रेडक्रस सोसाइटीका साथ अग्रपतिंमा रहेका सम्पूर्णको स्वास्थ्य र सुरक्षामा सहयोग गर्न सुरक्षा सामग्रीहरु प्रदान गरिरहँदा हामी खुसी छौं ।’

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ३ : १९ बजे

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी