आज थपिए १५६ कोरोना संक्रमित (जिल्लागत विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए १५६ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

५ हजार ९२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १४७ जनाको परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

२४ घन्टामा २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

कहाँ कति थपिए ?

कोशी अस्पताल विराटनगरमा सुनसरीका १, गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सप्तरीका ३२ र सिरहाका १ जनामा कोरोना पुष्टि भएको छ।

नारायणी अस्पताल विरगञ्जमा पर्साका ७ र बाराका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका २३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका १, ललितपुरका २ र मोरङका १ जनामा कोरोना भेटिएको छ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा सर्लाही र रौतहटका २÷२, मकवानपुरका १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्की र लमजुङका ६÷६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घन्टामा गरिएको परीक्षणमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका १, म्याग्दीका ६, स्याङजाका २ र पर्वतका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका २ र प्यूठानका १ जनामा कोरोना पाइएको छ।

यस्तै, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका ५, बर्दियाका १० र दाङका ५, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवलपरासीका १०, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका १ जनामा कोरोना भेटिएको छ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका २, सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए।

२४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६९५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ५ : १४ बजे

सुजुकी मोटर कम्पनीका संस्थापकको निधन

टोकियो– सुजुकी मोटर कर्पोरेशनका संस्थापक तथा पूर्व अध्यक्ष ओसामु सुजुकीको

सम्पदाको बजारीकरण गरेर रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह

भक्तपुर– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्पदाहरुको बजारीकरण गर्न

चार पहिचानवादीबीच संयुक्त मोर्चा गठन

सुनसरी– निकट भविष्यमा राजनीतिक दल निर्माण गर्ने उद्देश्यले शुक्रबार धरानमा

जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयोत्सव (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेका जनकपुर बोल्ट्स टिमले

ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीलाई चाँडै फर्कन विश्वविद्यालयको आग्रह

वासिङ्टन– अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा