‘अबको तीज नो व्रत प्लिज’ सार्वजनिक (भिडियो) « Khabarhub

‘अबको तीज नो व्रत प्लिज’ सार्वजनिक (भिडियो)


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीजको रौनक नजिकिँदै गर्दा गायिका सोफिया थापाले तीजको गीत बजारमा ल्याएकी छिन् ।

‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीत आइतवार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत पनि गायिका थापाकै रहेको छ ।

गीतमा महिला र पुरुष बराबर भएको भन्दै अबको तीजमा ब्रत नबस्न गीतमार्फत आह्वान गरिएको छ ।

‘हाम्रो परम्परागत सोच र संस्कारलाई समयअनुकुल रुपान्तरण गर्दै लैजान सक्नुपर्छ, वर्तमान अवस्थामा पनि धेरै महिला श्रीमानको दीर्घायुको कामना गर्दै पानी पनि नपिई व्रत बस्ने संस्कार स्वास्थ्य र समानता दुवैका हिसाबले गलत छ,’ गायिका थापा भन्छिन् ।

यस्तै गीतको भिडियोमा मेनुका थापा, पूजा गहतराज, अनिषा गौतम, वविता धिताल, प्रियंका थापा लगायतले नृत्य गरेका छन् ।

लोकेन्द्र शाहको कोरियोग्राफी रहेको म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन मनिष पन्तले गरेका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ०४ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ