भान्जाको हत्या गरी फिरौती लिने मामा १३ वर्षपछि पक्राउ « Khabarhub

भान्जाको हत्या गरी फिरौती लिने मामा १३ वर्षपछि पक्राउ


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भनिन्छ, अपराध गरेपछि कुनैपनि अपराधी उम्कन सक्दैन । ढिलै भएपनि उ कानूनको दायरामा आउँछ ।

महानगरीय अपराध महाशाखा काठमाडौंले, आफ्नै भान्जाको अपहरणपछि हत्या गर्ने र फिरौती लिने मामालाई १३ बर्ष पछि पक्राउ गरी आज सार्वजनिक गर्‍यो ।

महाशाखाले १३ वर्षअघि ११ वर्षीय रोहित गुप्ताको हत्या गर्ने उनकै मामा राजेश कुमार गुप्तालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

कसरी भयो घटना ?

२०६४ असोज २४ गते बेलुका करिब ५ बजेको समयमा भारत विहार राज्य सितामणि जिल्ला मुझफरपुर घर भई काठमाडौं महानगरपालिका २२ खिचापोखरी बस्ने ११ वर्षीय रोहित गुप्ताको बेलुका ५ बजे घरबाट बाहिर निस्किदा अपहरण भयो ।

उनी राई स्कुल जोरपाटीमा कक्षा ७ मा अध्ययनरत थिए । त्यही दिन राति साढे ८ बजे अपरिचित व्यक्तिले बुबा बासुदेव गुप्तालाई टेलिफोन गरी छोरा अपहरणमा परेको भन्दै २ लाख ५० हजार रुपैयाँ फिरौती माग गरे ।

तर, फिरौती रकम दिएपछि पनि बालक अपहरण मुक्त भने भएनन् । त्यसपछि उनको खोजतलास शुरु गरिएको थियो ।

त्यही क्रममा २०६४ असोज २७ गते बेलुका सवा ८ बजे काठमाडौं ३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा रोहितको शव फेला परेको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार, अनुसन्धानको क्रममा रोहितको आपहरण तथा हत्याको योजनाकार उनकै सहोदर मामा राजेश कुमार गुप्ता भएको खुलेको थियो ।

अनुसन्धान अनुसार, राजेशले काठमाडौंको खिँचापोखरीस्थित भाडाको कोठामा उनको पसलमा पहिले काम गर्ने धादिङका विष्णु सुनारको सहयोगमा जादु सिकाउने भन्दै रोहितलाई बन्दक बनाए र घाँटिमा डोरीले बाँध्न खोज्दा रोहित चिच्याउन थालेपछि दुवै जनाले उनको हत्या गरेका थिए ।

बोरामा हालेर सडकमा फालियो शव

प्रहरीका अनुसार, बालकको हत्या पछि शवलाइ बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनि बोक्न लगाएर कमलादी गणेशस्थान नजिक सडकमा फ्याँकिएको अवस्थामा भेटिएको थियो ।

शव भेटिएपछि मृतकका पिता बासुदेवलाई झुक्याउन राजेशले उनीसँगै प्रहरी कार्यालयमा गई केही समय खोजतलाश गरेको बहाना समेत गरेका थिए । तर पछि उनी एकाएक फरार भए ।

यही घटनामा संलग्न विष्णु सुनार भने २०६४ मंसिर १२ गते नै पक्राउ परेका थिए । उनी अहिले कारागारमा सजाय भोगिरहेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ३२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग