भान्जाको हत्या गरी फिरौती लिने मामा १३ वर्षपछि पक्राउ « Khabarhub

भान्जाको हत्या गरी फिरौती लिने मामा १३ वर्षपछि पक्राउ


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भनिन्छ, अपराध गरेपछि कुनैपनि अपराधी उम्कन सक्दैन । ढिलै भएपनि उ कानूनको दायरामा आउँछ ।

महानगरीय अपराध महाशाखा काठमाडौंले, आफ्नै भान्जाको अपहरणपछि हत्या गर्ने र फिरौती लिने मामालाई १३ बर्ष पछि पक्राउ गरी आज सार्वजनिक गर्‍यो ।

महाशाखाले १३ वर्षअघि ११ वर्षीय रोहित गुप्ताको हत्या गर्ने उनकै मामा राजेश कुमार गुप्तालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

कसरी भयो घटना ?

२०६४ असोज २४ गते बेलुका करिब ५ बजेको समयमा भारत विहार राज्य सितामणि जिल्ला मुझफरपुर घर भई काठमाडौं महानगरपालिका २२ खिचापोखरी बस्ने ११ वर्षीय रोहित गुप्ताको बेलुका ५ बजे घरबाट बाहिर निस्किदा अपहरण भयो ।

उनी राई स्कुल जोरपाटीमा कक्षा ७ मा अध्ययनरत थिए । त्यही दिन राति साढे ८ बजे अपरिचित व्यक्तिले बुबा बासुदेव गुप्तालाई टेलिफोन गरी छोरा अपहरणमा परेको भन्दै २ लाख ५० हजार रुपैयाँ फिरौती माग गरे ।

तर, फिरौती रकम दिएपछि पनि बालक अपहरण मुक्त भने भएनन् । त्यसपछि उनको खोजतलास शुरु गरिएको थियो ।

त्यही क्रममा २०६४ असोज २७ गते बेलुका सवा ८ बजे काठमाडौं ३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा रोहितको शव फेला परेको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार, अनुसन्धानको क्रममा रोहितको आपहरण तथा हत्याको योजनाकार उनकै सहोदर मामा राजेश कुमार गुप्ता भएको खुलेको थियो ।

अनुसन्धान अनुसार, राजेशले काठमाडौंको खिँचापोखरीस्थित भाडाको कोठामा उनको पसलमा पहिले काम गर्ने धादिङका विष्णु सुनारको सहयोगमा जादु सिकाउने भन्दै रोहितलाई बन्दक बनाए र घाँटिमा डोरीले बाँध्न खोज्दा रोहित चिच्याउन थालेपछि दुवै जनाले उनको हत्या गरेका थिए ।

बोरामा हालेर सडकमा फालियो शव

प्रहरीका अनुसार, बालकको हत्या पछि शवलाइ बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनि बोक्न लगाएर कमलादी गणेशस्थान नजिक सडकमा फ्याँकिएको अवस्थामा भेटिएको थियो ।

शव भेटिएपछि मृतकका पिता बासुदेवलाई झुक्याउन राजेशले उनीसँगै प्रहरी कार्यालयमा गई केही समय खोजतलाश गरेको बहाना समेत गरेका थिए । तर पछि उनी एकाएक फरार भए ।

यही घटनामा संलग्न विष्णु सुनार भने २०६४ मंसिर १२ गते नै पक्राउ परेका थिए । उनी अहिले कारागारमा सजाय भोगिरहेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ३२ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ