बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध « Khabarhub

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध रहेका छन् । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार पाँच जिल्लाका मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध रहेका छन् ।

प्रहरीका अनुसार रसुवा, मनाङ, म्याग्दी, नवलपरासी पूर्व र हुम्लाका राजमार्गहरु बाढी र पहिरोले प्रभावित बनेका हुन् । बाढीका कारण रसुवाका सबै मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहेका छन् ।

यस्तै, मनाङको बेशीसहर हुँदै खाङसारसम्म जाने सडक, म्याग्दीको बेनी जोमसोम सडकखण्ड र हुम्लाको सिमकोट हिल्सा सडक पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

यता, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर सडक एकतर्फी रुपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ९ : १७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको