बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध « Khabarhub

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध रहेका छन् । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार पाँच जिल्लाका मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध रहेका छन् ।

प्रहरीका अनुसार रसुवा, मनाङ, म्याग्दी, नवलपरासी पूर्व र हुम्लाका राजमार्गहरु बाढी र पहिरोले प्रभावित बनेका हुन् । बाढीका कारण रसुवाका सबै मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहेका छन् ।

यस्तै, मनाङको बेशीसहर हुँदै खाङसारसम्म जाने सडक, म्याग्दीको बेनी जोमसोम सडकखण्ड र हुम्लाको सिमकोट हिल्सा सडक पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

यता, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर सडक एकतर्फी रुपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ९ : १७ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री