धेरै संख्यामा नेपाली रहेका मुलुकमा उद्धार उडान प्राथमिकतामा : सीसीएमसी | Khabarhub Khabarhub

धेरै संख्यामा नेपाली रहेका मुलुकमा उद्धार उडान प्राथमिकतामा : सीसीएमसी


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशमा उद्धार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले धेरै संख्यामा नेपाली रहेका देशबाट उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो। सरकारले अलपत्र नागरिकलाई उद्धार गर्दै आएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘संक्रमणको संख्यामा हाल केही कमी हुँदै गएको भएपनि यसलाई नियन्त्रित रुपमा राख्न पर्ने नै विश्लेषण भएको छ। साउन ६ गतेसम्म कायम भएको लकडाउन परिमार्जन गर्न के कस्तो क्रियाकलापहरु गर्न सकिन्छ वा यसलाई कसरी लानुपर्छ भन्ने विषयमा फेरि छलफल गरेर नेपाल सरकार मन्त्रिपरिषदमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव लैजाने गरी निर्णय भएको छ ।’

उनले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुमा हवाई उडानलाई प्राथमिकता दिने बताए ।

उनले भने, ‘जुन मुलुकबाट धेरैजना आउन बाँकी रहेको छन् ती मुलुकहरुबाट श्रमिक ल्याउनलाई हवाई उडानको प्राथमिकीरण गर्ने निर्णय भएको छ ।’

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ३७ बजे

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

चितवन – आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म

सामान्य बन्दै कैलाली कारागारको अवस्था

सुदूरपश्चिम – कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः

चिनियाँ कम्युनिष्ट पार्टीसँग गहिरो सम्बन्ध रहेको पाइएपछि हार्वर्ड विश्वविद्यालयको आलोचना बढ्दो

काठमाडौं- अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)

प्रधानमन्त्री भन्छन् : मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा

ससुरासँग तीन हजार लिएर हिँडेकी श्यामकला देवघाटसम्म खोज्दा पनि भेटिइनन् 

काठमाडौं– साउन ११ गते ससुराबुवासँग अस्पताल ‘फलोअप’ मा जान्छु भनेर