रुग्ण पुलको निर्माण सुरु गर्न संसदीय समितिको निर्देशन « Khabarhub

रुग्ण पुलको निर्माण सुरु गर्न संसदीय समितिको निर्देशन


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरका पुराना एवं रुग्ण पुलहरुको अवस्थाको विवरण तयार गरी कार्ययोजना सहित निर्माण प्रक्रिया सुरु गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले रणनीतिक सडक अन्तर्गत रुग्ण पुलहरुको अवस्था सम्बन्धी विवरण तयार गरी वित्तीय सुनिश्चिता सहित गुणस्तरीय रुपमा तोकिएको समयभित्र त्यस्ता पुलहरुको कार्ययोजना सहित शीघ्र निर्माण प्रक्रिया सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले निर्माण सम्पन्न भएको काठमाडौंको टेकसस्थीत विष्णुमति नदीको पुलमा प्राविधिक पक्ष एवं गुणस्तरमा कमजोरी भएको ठहर पनि गरेको छ । त्यसैगरी काठमाडौंको तीनकुनेस्थीत बागमती पुल, हुलाकी राजमार्ग अन्तर्गतको बागमती पुल, रौतहतको टिकुलिया र समनपुर पुल लगायतका केही पुलहरुको प्राविधिक पक्ष र गुणस्तरमा कमी भएको अवस्थामा सम्बन्धित पक्षलाई कारबाही भएको सम्बन्धी विवरण उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन ।

उनले आवश्यक जनशक्ति परिपूर्ति गर्न मन्त्रालयबाट तयार गरिएको ओएनएम रिपोर्ट तत्काल स्वीकृत गरी मन्त्रालयको कामकाजमा सहजता र शीघ्र ल्याउने वातावरण तयार गर्न पनि सरकारलाई निर्देशन दिइएको जानकारी दिइन् ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले पुल निर्माणमा समस्या देखिएको भन्दै यसमा मन्त्रालय गम्भीर रहको बताए । केही वर्ष पहिलेसम्म झोलुङ्गे पुल भए पुग्ने स्थानमा अहिले दुई लेनको सडक पुल आवश्यक भएको उनले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ५८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था