लकडाउनले १९ अर्ब राजस्व गुम्यो « Khabarhub

लकडाउनले १९ अर्ब राजस्व गुम्यो


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड– १९ नियन्त्रणका लागि गरिएको लकडाउनको बाध्यतासँगै आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्यभन्दा १९ अर्ब राजस्व कम सङ्कलन गरेको छ ।

कार्यालयलाई राजस्व विभागले रु ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

विभागले कार्यालयलाई दिएको लक्ष्यभन्दा रु १९ अर्ब ९६ लाख ८४ हजार कम अर्थात् रु २४ अर्ब ३७ करोड ८० लाख १६ हजार मात्र राजस्व सङ्कलन भएको हो । कार्यालयले दिएको जानकारीअनुसार लक्ष्यको ५६ दशमलव १९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।

कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७५/७६ मा कार्यालयले रु ३० अर्ब ३५ करोड २३ लाख १९ हजार राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले गत आर्थिक वर्षमा आय कर रु दुई अर्ब १९ करोड ३१ लाख ६१ हजार, बहाल कर रु पाँच करोड ७९ लाख ५० हजार, व्याजकर रु १४ करोड ९० लाख ९५ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब नौ करोड ८४ लाख ८६ हजार, अन्तःशुल्क रु १९ अर्ब ८६ करोड १२ लाख नौ हजार, स्वास्थ्य सेवा कर रु एक करोड ७८ लाख ६८ हजार र शिक्षा सेवा कर रु दुई लाख ४७ हजार सङ्कलन भएको छ ।

प्रतिशतका हिसाबले मूल्य अभिवृद्धि करमा १०० दशमलव ४१ प्रतिशत असुल भए पनि अन्य सबै लक्ष्यभन्दा कम रहेको रिजालले बताए । राजस्वको मुख्य हिस्सा अन्तःशुल्क हो । असार मसान्तसम्ममा अन्तःशुल्कमा रु ३७ अर्ब ९४ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

तर लक्ष्यको ५२ दशमलव ३४ प्रतिशत मात्र अन्तःशुल्क सङ्कलन भएको छ । अन्तःशुल्कमा मदिराजन्य वस्तु बिक्रीवितरण, निस्कासन र ढुवानी रोकिएकै कारण राजस्वमा मुख्य प्रभाव भएको उनको भनाइ छ । यस्तै लकडाउनले अन्य क्षेत्र पनि पूर्ण प्रभावित भएकाले राजस्वमा निकै गिरावट आएको रिजालले बताए ।

यस कार्यालयअन्तर्गत व्यवसायी पानमा ६५ हजार ८५३, व्यक्तिगत प्यानमा ८३ हजार ८७ र सरकारी कार्यालयको प्यान डब्लु प्यानमा ५४ भन्दाबढी करदाता रहेका छन् । यस कार्यालयले चितवन र नवलपरासीको दाउन्ने सुस्ता पूर्व हेर्दै आएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : ५० बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका