आज विभिन्न मुलुकबाट एक हजार नेपाली स्वदेश फिर्ता « Khabarhub

आज विभिन्न मुलुकबाट एक हजार नेपाली स्वदेश फिर्ता


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न मुलुकमा अलपत्र एक हजार ८० नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १० अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

यी उडानबाट छ शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले दुबईबाट २६६ यात्रु र दुई शव ल्याएको छ । सोही एयरलाइन्सले दोहाबाट १५२ यात्रु र दुई शव ल्याएको छ ।

हिमालय एयरलाइन्सले आबुधाबीबाट १५३ यात्रु र दुई बच्चा तथा दोहाबाट १५५ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै मालिन्दो एयरले क्वालालम्पुरबाट दुई उडान गरी क्रमशः १७८ र १७६ नेपाली काठमाडौँ ल्याएको छ ।

थप नेपाली ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स क्लालम्पुर उडेको विमानस्थल कार्यालयले जनाएको छ । सोमबार पनि यी दुवै एयरलाइन्सले विभिन्न मुलुकबाट नौ उडान गर्ने विमानस्थलले तालिका बनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ११ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय