आज विभिन्न मुलुकबाट एक हजार नेपाली स्वदेश फिर्ता « Khabarhub

आज विभिन्न मुलुकबाट एक हजार नेपाली स्वदेश फिर्ता


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न मुलुकमा अलपत्र एक हजार ८० नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १० अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

यी उडानबाट छ शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले दुबईबाट २६६ यात्रु र दुई शव ल्याएको छ । सोही एयरलाइन्सले दोहाबाट १५२ यात्रु र दुई शव ल्याएको छ ।

हिमालय एयरलाइन्सले आबुधाबीबाट १५३ यात्रु र दुई बच्चा तथा दोहाबाट १५५ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै मालिन्दो एयरले क्वालालम्पुरबाट दुई उडान गरी क्रमशः १७८ र १७६ नेपाली काठमाडौँ ल्याएको छ ।

थप नेपाली ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स क्लालम्पुर उडेको विमानस्थल कार्यालयले जनाएको छ । सोमबार पनि यी दुवै एयरलाइन्सले विभिन्न मुलुकबाट नौ उडान गर्ने विमानस्थलले तालिका बनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ११ बजे

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह