धितोपत्र बोर्डले ल्यायो वार्षिक कार्यक्रम « Khabarhub

धितोपत्र बोर्डले ल्यायो वार्षिक कार्यक्रम


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मौद्रिक नीति सार्वजनिक गरेको दुई दिनपछि आज नेपाल धितोपत्र बोर्ड (सेवोन) ले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले आज श्रव्य, दृश्यका माध्यमबाट सार्वजनिक गरेको कार्यक्रममा धितोपत्र बजारलाई थप विस्तार गर्ने विषय समावेश रहेको छ ।

उनले नेपाल स्टक एक्सचेञ्जमार्फत हुने कारोवारलाई थप व्यवस्थित र विद्युतीय माध्यमबाट हुने गरी आवश्यक व्यवस्थापन गर्ने तथा शेयर खरिद बिक्रीलाई थप समायनुकूल बनाउने विषय कार्यक्रममा समावेश भएको जानकारी दिए ।

अध्यक्ष ढुङ्गानाले नेप्सेको टे«डिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) लाई प्रभावकारी बनाउने व्यवस्था मिलाउने उल्लेख गर्दै शेयर खरिद गरेको तेस्रो दिन खातामा आउने र बेच्नेले पनि सोही अवधिमा खातामा पैसा पाउने व्यवस्था रहेकामा त्यसलाई परिवर्तन गरेर दोस्रो दिनमै बेच्नेको खातामा पैसा र किन्नेको खातामा शेयर जम्मा हुने व्यवस्था गरिएको जानकारी दिए ।

बोर्डले त्यसलाई ‘धितोपत्र कारोवारमा टी प्लस टु’ अवधारणा भनेको छ । यस्तै बोर्डले विभिन्न विशिष्टिकृत लगानी कोष सञ्चालन गर्न अनुमति दिनेसमेत वार्षिक कार्यक्रममा समावेश गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ९ : २० बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय