गथांमुग दहन गर्दै मनाइयो घण्टाकर्ण पर्व « Khabarhub

गथांमुग दहन गर्दै मनाइयो घण्टाकर्ण पर्व


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाको कहर र झरीका बीच पनि भक्तपुरमा आज घण्टाकर्ण अर्थात् गथांमुग पर्व मनाएका छन् ।

भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै पर्व मनाउन आह्वान गरे पनि स्थानीयले भने घण्टाकर्ण बनाएरै गथांमुग पर्व मनाएका छन् । यो पर्वसँगै नेवार समुदायमा जात्रापर्वको माहोल शुरु हुने परम्परा छ । भक्तपुरको चोकचोकमा गथांमुग दहन गरिएको छ ।

गथांमुगको भीमकाय शरीरमा लिङ्गस्वरुप तस्बिर टाँसिन्छ भने केही ठाउँमा काठको लिङ्ग र दुई भोगटेको अण्डकोष राख्ने गरिन्छ । कतैै महिला गथांमुगः बनाएर योनीसमेत बनाउने गरिन्छ । गथांमुगः दहनका बेला महिला र पुरुषको सम्भोग आवश्यक छ भन्ने भाव झल्किने गीतसमेत गाउने गरिन्छ ।

किसानले रोपाइँ गर्न शक्तिशाली गथांमुग राक्षसलाई बोलाउने गरेको र अहिलेको समयलाई धान रोपेर किसान आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुगः दहन गरिने परम्परा रहेको मानिन्छ ।

यो पर्वलाई यौन शिक्षा दिने पर्वका रुपमा पनि लिइन्छ भने गथांमुगः दहन गर्न लैजाँदा अश्लील गीत गाउने गरिन्छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ४५ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय