स्पेनिस ला लिगा : अन्तिम खेलमा बार्सिलोनाको शानदार जीत « Khabarhub

स्पेनिस ला लिगा : अन्तिम खेलमा बार्सिलोनाको शानदार जीत


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको यो सिजनको अन्तिम खेलमा बार्सिलोनाले अल्भासविरुद्ध शानदार जीत निकालेको छ ।

अल्भासको घरेलु मैदान मेन्डीजोरोजामा भएको खेलमा बार्सिलोनाले ५–० गोल अन्तरको जीत निकाल्दै यो सिजनको अन्त्य गरेको हो ।

ला लिगाको उपाधिबाट चुकेको बार्सिलोनाको अन्तिम खेलमा मेस्सीले दुई गोल गरे भने अंशु फाती, लुइस स्वारेज र नेल्सन सेमेडोले समान एक–एक गोल गरे ।

खेलको २४ औं मिनेटमा फातीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने मेस्सीले ३४ र ७५ औं मिनेटमा गोल गर्दा स्वारेजले ४४ औं र सेमेडोले ५७ औं मिनेटमा गोल गरेका थिए ।

अन्तिम खेलमा दुई गोल गरेका मेस्सीले ला लिगाको यो सिजनमा २५ गोल गरेका छन् ।

बार्सिलोनाले पछिल्लो १३ वर्षमा ५ पटक ला लिगाको उपाधि हात पारेको थियो । तर यो सिजनको ला लिगाको उपाधि एक खेल अगावै रियल मड्रिडले उचालिसकेको छ ।

मेस्सीलाई अवार्ड

ला लिगाको शीर्ष गोल कर्ता बनेका मेस्सीले स्पेनिस पत्रिका मार्काले वर्षेनी प्रदान गर्ने पीचीची अवार्ड पाएका छन् ।

यो सँगै उनले सात पटक यो अवार्ड जित्दै ला लिगामा कीर्तिमान बनाएका छन् । सय वर्षमा यो अवार्ड अहिलेसम्म कसैले पनि सात पटक पाएका छैनन् ।

क्लबले उपाधि नजित्दा आफूले पाउने यस्ता अवार्डले कुनै महत्व नराख्ने मेस्सीले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ५२ बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी