लेस्टरलाई पराजित गर्दै टोटनहम छैटौं स्थानमा उक्लियो « Khabarhub

लेस्टरलाई पराजित गर्दै टोटनहम छैटौं स्थानमा उक्लियो


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपुरसँग लेस्टर सिटी पराजित भएको छ ।

आइताबार राति भएको खेलमा टोटेनहमले घरेलु मैदानमा लेस्टरलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

पाहुना टोलीका जेम्स जस्टीनले खेलको छैटौं मिनेटमा आत्मघाती गोल गर्दै घरेलु टोली टोटेनहमलाई १–० गोलको अग्रता बनाउने अवसर दिएको थियो ।

शुरुवाती छैटौं मिनेटमा अग्रता लिएको टोटेनहमका लागि कप्तान ह्यारी केनले  दुई गोल थपे ।

केनले खेलको ३७ र ४० औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमै ३–० गोलको सहज स्थितिमा पुर्‍याएका थिए ।

पहिलो हाफमा ३–० गोलको अवस्थामा रहेको टोटेनहमविरुद्ध दोस्रो हाफमा सशक्त बनेको लेस्टरले गोल फर्काउन भने सकेन ।

यद्यपि दोस्रो हाफमा लेस्टरले रक्षात्मक खेल्दै गोलथप्ने अवसर पनि टोटेनहमलाई दिएन ।

जीतसँगै टोटेनहम ३७ खेलबाट ५८ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । पराजित लेस्टर भने समान ३७ खेलबाट ६२ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ११ : ०७ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल