गोकर्णेश्वर मेला स्थगित, मन्दिर पनि नखुल्ने « Khabarhub

गोकर्णेश्वर मेला स्थगित, मन्दिर पनि नखुल्ने


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यसपालीको पितृ औशीँमा काठमाडौको गोकर्णेश्वर महादेव मन्दिर नखुल्ने भएको छ । नेपालको उत्तर गयाका रुपमा परिचित सो मन्दिरमा भाद्रकृष्ण औँसीका दिन भक्तजनको घुँइचो लाग्ने गर्दछ ।

राजधानीको उत्तरपूर्वी भेगमा पर्ने पितृ श्राद्धका निम्ति असाध्यै प्रख्यात गोर्कण मन्दिर नखोल्ने भएको गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपालले जानकारी दिइन् । त्यसदिन धेरै भक्तजनकोजमघट र पितृ श्राद्ध गर्न धेरै आउने भएकाले कोरोनाको जोखिमलाइ मध्यनजर गर्दै यो वर्ष मन्दिर नखोल्ने निर्णय भएको उनले बताइन ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन बुधबार लाग्ने मेला स्थगित गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं वडा नम्बर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । उत्तर गयाका रुपमा परिचित गोर्कणमा भाद्र कृष्ण औशीका दिनमा आफ्ना पीता नहुनेहरुले श्राद्ध गर्नु धार्मीक संस्कृतिमा उत्तम मानिन्छ ।

समितिको बैठकले भाइरस साम्य नहुन्जेल बाबुको मुख हेर्ने दिन, हरितालिका (तीज) र सोह्र श्राद्धमा समेत मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ६ : ०८ बजे

कार्यदलको प्रतिवेदनले ओलीलाई तनाव, भने- यो मलाई चाहिँदैन, पढ्नु पनि छैन’

काठमाडौं- गत फागुन २१ को चुनावी धक्कापछि नेकपा एमालेभित्र सुरु

ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले ग्याँसको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको