कुश किन घरमा राख्ने ? « Khabarhub

कुश किन घरमा राख्ने ?


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज भाद्र कृष्ण औँसी अर्थात कुशे औँसी । आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् ।

शास्त्रोक्त विधिअनुसार व्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ ।

सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता व्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ ।

हेमाद्रिमा उद्धृत हारीतको वचनमा कुशे औंशीमा कुश उखेल्न पर्ने कुरा बताउँदै भनिएको छ । भाद्रकृष्ण आमावास्या अर्थात कुशे औँशीका दिन कुशसञ्चय गर्नुपर्दछ । कुशे औँसीमा सञ्चय गरिएको अयातयात (ताजा) कुशलाई बारम्बार शुभ कार्यमा प्रयोग गर्न सकिन्छ ।

मदनरत्नमा मरीचि भन्दछन्–भाद्रपदको आमावास्यामा कुशच्छेदन गर्नुपर्दछ र जुनशुकै शुभकार्यमा प्रयोग गर्न सकिनेछ ।

एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो ।
यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारीक जीवनशैली प्रस्तुत गरेको छ । दाहिने हातको औँलामा कुशलाई औँठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विस्वास र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ६ : ११ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको