कुश किन घरमा राख्ने ? « Khabarhub

कुश किन घरमा राख्ने ?


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज भाद्र कृष्ण औँसी अर्थात कुशे औँसी । आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् ।

शास्त्रोक्त विधिअनुसार व्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ ।

सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता व्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ ।

हेमाद्रिमा उद्धृत हारीतको वचनमा कुशे औंशीमा कुश उखेल्न पर्ने कुरा बताउँदै भनिएको छ । भाद्रकृष्ण आमावास्या अर्थात कुशे औँशीका दिन कुशसञ्चय गर्नुपर्दछ । कुशे औँसीमा सञ्चय गरिएको अयातयात (ताजा) कुशलाई बारम्बार शुभ कार्यमा प्रयोग गर्न सकिन्छ ।

मदनरत्नमा मरीचि भन्दछन्–भाद्रपदको आमावास्यामा कुशच्छेदन गर्नुपर्दछ र जुनशुकै शुभकार्यमा प्रयोग गर्न सकिनेछ ।

एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो ।
यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारीक जीवनशैली प्रस्तुत गरेको छ । दाहिने हातको औँलामा कुशलाई औँठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विस्वास र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ६ : ११ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि