राष्ट्रकवि घिमिरेको निधनले नेपाली साहित्य क्षेत्रमा अपूरणीय क्षति : पूर्वराजा शाह « Khabarhub

राष्ट्रकवि घिमिरेको निधनले नेपाली साहित्य क्षेत्रमा अपूरणीय क्षति : पूर्वराजा शाह


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज विहान विज्ञप्ति जारी गर्दै निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काब्य कृति सदापठनीय र मननीय छन् । उहाँको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।’

पूर्वराजा शाहले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

राष्ट्रकवि घिमिरेको मंगलबार लैनचौरस्थित निवासमा निधन भएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १० : १३ बजे

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल

वन्यजन्तु संरक्षक मिर सम्मानित

काठमाडौँ- वन्यजन्तु संरक्षणका क्षेत्रमा सक्रिय आलिया मिर जम्मु कश्मीर वन्यजन्तु