राष्ट्रिय झण्डा जलाएको आरोपमा ग्याल्जोम दोर्जे तामाङसहित ९ जना पक्राउ « Khabarhub

राष्ट्रिय झण्डा जलाएको आरोपमा ग्याल्जोम दोर्जे तामाङसहित ९ जना पक्राउ


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य आरोपी ग्याल्जोम दोर्जे तामाङसहित हालसम्म ९ जना पक्राउ परेका हुन् ।

जातीय हिंसा भड्काउन बल पुर्‍याउने र राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाउनेमध्ये ९ जनालाई पक्राउ गरिएको र थप केहीको पहिचान भइसकेको छ ।

गत भदौ १ गते अपलोड गरिएको भिडियो अहिले पनि युट्युबमा उपलब्ध छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई झण्डै ६ लाखले हेरेका छन् भने २५ हजारभन्दा बढीले प्रतिक्रिया जनाएका छन् ।

पक्राउ परेकालाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

उक्त म्युजिक भिडियोको करीब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य छ । भिडियो मकवानपुरको वागमती गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको छ ।

म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू भएका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १२ : ३२ बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र