धरान १५ की कोरोना संक्रमित ७१ वर्षीया महिलाको मृत्यु « Khabarhub

धरान १५ की कोरोना संक्रमित ७१ वर्षीया महिलाको मृत्यु


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सूचना अधिकारी डाक्टर निदेश सापकोटाका अनुसार अस्तपालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

उनी सुनसरीको धरान–१५ की ७१ वर्षकी महिला हुन् ।

उनको क्वारेन्टिन स्थालबाट स्वाब संकलन गरी साउन २३ गते कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनाको लक्षणहरु खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनलाई वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २४ गते भर्ना गरिएको थियो ।

ती महिलामा पहिलादेखि नै दम र मुटुको समस्या समेत थियो । उनको प्रतिष्ठानमा आज (भदौ ३ गते बिहान ११ बजेर १५ मिनेटमा) मृत्यु भएको डा सापकोटाले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १२ : ४९ बजे

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो