चौतर्फी आलोचनापछि नेपालको अद्यावधिक नक्सासहितको सांसदलाई बाँडेको लोगो फिर्ता « Khabarhub

चौतर्फी आलोचनापछि नेपालको अद्यावधिक नक्सासहितको सांसदलाई बाँडेको लोगो फिर्ता


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : चौतर्फी आलोचनापछि संसद सचिवालयले अद्यावधिक नक्साहितको सांसदहरुलाई वितरण गर्न बनाएको लोगो फिर्ता गरेको छ।

बागमती प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालयलाई लोगो फिर्ता गरिएको संसद सचिवालयले जनाएको छ । का प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

प्रवक्ता पाण्डले एक विज्ञप्ति जारी गर्दै लोगो फिर्ता गरेको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबाट प्राप्त भएका केही ब्याच पिनहरुमा संरचनागत र साजसज्जा सम्बन्धी केही समस्याहरु देखिएकोले सोको सुधार र परिमार्जनका लागि मिति २०७७/०५/०२ मा त्यस कार्यालयमा फिर्ता पठाइएको छ ।’

कार्यालयले अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ।

गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सांसदहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो। कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले ३५० थान नयाँ लोगो तयार गरेको हो।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ। प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।

तर, लोगो भद्दा भएको भन्दै सांसदहरुले सार्वजनिक रुपमा नै लोगो नलाउने बताएका थिए।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १ : २९ बजे

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती