सलमान खानको हत्याको योजना बनाउने व्यक्ति पक्राउ « Khabarhub

सलमान खानको हत्याको योजना बनाउने व्यक्ति पक्राउ


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार सलमान खानको हत्याको योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

राहुल नाम गरेका व्यक्तिले गत जनवरीमा सलमान खानको रेकी गरेका थिए । उनले ग्याङस्टर लोरेन्स बिस्नोइका लागि काम गर्ने गरेको बताइएको छ ।

योसँगै उनीमाथि अन्य कैयन् आरोप पनि छन् ।

प्रहरीका अनुसार राहुल अन्य चार हत्याका घटनामा पनि मुछिएका छन् । उनले सन् २०१९ मा एक व्यक्तिको हत्या गरेको आरोप छ ।

ती व्यक्तिले लोरेन्सले भनेका कारण चार व्यक्तिको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरीको अपराध शाखाले आरोपीलाई भारतका उत्तराखण्डबाट पक्राउ गरेको हो ।

आरोपीले सलमान खानको हत्या गर्ने योजना बनाएको स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् । सलमान खानको हत्या गर्नका लागि उनको घरको रेकी गरेको पनि उनले स्वीकारेका छन् ।

पूरै जानकारी जुटाएका बेला भारतमा लकडाउन शुरु भएको थियो । त्यसैकारण यो काममा सफल नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  २ : ५६ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले