चिकित्सकको लाइसेन्स परीक्षा फेरि स्थगित « Khabarhub

चिकित्सकको लाइसेन्स परीक्षा फेरि स्थगित


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा फेरि स्थगित गरेको छ ।

भदौ ७ गतेदेखि लिने भनिएको दर्ता प्रमाणपत्र परीक्षा स्थगित गरेको काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण परीक्षण स्थगित गरिएको काउन्सिलले जनाएको छ ।

उक्त परीक्षा कोरोना संक्रमणको अवस्था कम भएपछि मात्र हुने काउन्सिलले प्रष्ट पारेको छ । त्यसका लागि परीक्षा मिति र परीक्षा केन्द्र पछि नै तोकिने बताइएको छ ।

यसअघि गत चैत ८ देखि शुरू हुने भनिएको चिकित्सकहरुको लाइसेन्स परीक्षा कोरोनाकै कारण स्थगित भएको थियो ।

साउन ६ गते लकडाउन खुलेसँगै काउन्सिलले चिकित्सकको लाइसेन्स परीक्षा लिने तयारी गरेको थियो । काउन्सिलले एमबीबीएस र बीडीएस उत्तिर्णहरूको लाइसेन्स परीक्षा लिदै आएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ४ : ३८ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ