भारतमा कोरोनाभाइरसबाट एकैदिन ६४ हजार सङ्क्रमित « Khabarhub

भारतमा कोरोनाभाइरसबाट एकैदिन ६४ हजार सङ्क्रमित


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन् ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५३१ जना सङ्क्रमित थपिएका छन् ।

सोही अवधिमा भारतमा एक हजार ९२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या २७ लाख ६७ हजार २७४ पुगेको मन्त्रालयको तथ्यांक छ ।

कुल सङ्क्रमितमध्ये भारतमा अहिले पनि छ लाख ७६ हजार ५१४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । अरु २० लाख ३७ हजार ८७१ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ५२ हजार ८८९ जनाको मृत्यु भएको छ । मन्त्रालयले अहिलेसम्म देशभरी तीन करोड १७ लाख ४२ हजार ७८२ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ४ : ४१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको