यूएईबाट तीन नेपाली महिलाको उद्धार « Khabarhub

यूएईबाट तीन नेपाली महिलाको उद्धार



दोहा- इराक र कुवेत लैजाने भन्दै दलालले संयूक्त अरब इमिरेट्स (यूएई) पुर्‍याएर अलपत्र पारेका तीन नेपाली महिलाको उद्धार गरिएको छ ।

नयाँ दिल्ली हुँदै यूएई पुगेका रुपन्देहीकी फुल कुमारी मुसाह, सिन्धुपाल्चोककी सुक्रानी तामाङ र धादिङकी मञ्जु तामाङलाई उद्धारपछि स्वदेश पठाइएको छ।

४ महिनादेखि बिचल्लीमा परेका उनीहरूलाई एनआरएनएले एयर अरबियाको उडानमार्फत नेपाल पठाएको एनआरएनए एनसीसी यूएई, क्षेत्रीय समन्वय परिषद, अलऐनका अध्यक्ष उज्वल दाहालले जानकारी दिए ।

उनीहरुलाई यूएईस्थित नेपाली दूतावासले यात्रा अनुमति पत्र बनाई दिएको थियो ।

यसैगरी, स्वदेश फर्काउन मुख्य भूमीका निर्वाह गर्ने कल्पना राई, भुमा लिम्बु, मञ्जु गुरूङ, एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली, एनआरएनए एनसीसी यूएईका अध्यक्ष प्रकाश कोईराला, एनआरएनए एनसीसी, यूएई महिला संयोजक शोभा शर्मा लगायत अन्य सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : ३० बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा