जनअपेक्षा पूरा गर्न व्यापक विकासका परियोजना अघि बढाउँछौ : प्रचण्ड « Khabarhub

जनअपेक्षा पूरा गर्न व्यापक विकासका परियोजना अघि बढाउँछौ : प्रचण्ड


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताको अपेक्षा पूरा गर्न व्यापक विकास परियोजना अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।

पाँचौं संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले जनताले नेकपालाई विश्वास गरी बहुमत प्रदान गरेकामा आभार प्रकट गर्दै त्यसलाई न्याय गर्न व्यापकरूपमा विकासका परियोजना अघि बढाइने जनाए ।

राष्ट्रको एकता र जनताको आकाङ्क्षा पूर्ति गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

सबै नेपालीमा एकताको, शान्ति र समृद्धिको एउटा नयाँ संकल्प लिने दिनको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैँमा एउटा ऐतिहासिक महत्वपूर्ण राजनीतिक परिघटना भएको बताए ।

https://www.facebook.com/prachanda.nepal/videos/779950796072724/?t=13

‘संविधान बनाउनका निम्ति त्याग, तपस्या र बलिदानका कीर्तिमान कायम गर्ने ती हजारौं शहिद, हजारौं बेपत्ता युद्दाहरु, घाइते र अपाङ्ग हजारौं क्रान्तिकारीहरु र नेपाली जनताका असल छोराछोरीहरु सबैप्रति म श्रद्धाञ्जलि एवम् सम्मान व्यक्त गर्न चाहन्छु र उनीहरु सबैका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु,’ उनले सन्देशमा भनेका छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ३५ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको