राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान « Khabarhub

राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९४ जनालाई विभिन्न मान पदवी, अलंकार र पदकबाट सम्मानित गर्ने घोषणा गरेको छ ।

शुक्रबार सार्वजनिक भएको पदक पाउनेहरूको नामावलीमा राखेप सदस्यसचिव रमेश शिलवालसहित खेल क्षेत्रका १० जना पनि छन् ।

उनीहरूलाई जनसेवा प्रवलबाट सम्मानित गरिने भएको हो । सम्मानित हुनेमा सिलवालसहित, राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, कीर्तिमानी खेलाडी संगिना वैद्य र तेक्वान्दो प्रशिक्षक तुलसी कुमार गौतम छन् ।

सदस्य सचिव सिलवाल सुप्रबल जनसेवा श्री सम्मानबाट सम्मानित हुनेछन् भने बैद्य, प्रशिक्षक गौतम र प्रशासन विभाग प्रमुख थापा प्रबल जनसेवा श्रीबाट सम्मानित हुनेछन् ।

१३औं दक्षिण एसियाली खेलकुदलाई सफल पार्न योगदान पुर्‍याए बापत सदस्य सचिव सिलवाल र प्रशासन विभाग प्रमुख सम्मानित हुन लागेका हुन् । थापा सागमा समारोह समितिका संयोजक थिए ।

यस्तै, नेपाली सेनाको खेलकुद विभाग प्रमुख शसी किरण रायमाझी अति पौरख भाष्कर मानपदवीबाट सम्मानित हुने भएका छन् ।

नेपाल पुलिस क्लबका वीरबहादुर महरा, विकास थापा र पुलिस क्लबको खेलकुद समितिका सरु कार्की र सुनिता महर्जन नेपाल प्रताप भूषणबाट सम्मानित हुने भएका छन् ।

शसस्त्र प्रहरी बलको एपीएफ क्लबबाट किरण सिंह बोगटी रजवार सुकिर्ती पदकबाट सम्मानित हुनेछन् । उनी एपीएफको खेलकुद तथा शारीरीक सुगठन शिक्षालयमा कार्यरत छन् ।

अघिल्लो वर्ष नेपाली खेलकुदका १७ जनालाई सम्मानित गरिएको थियो । नयाँ वर्षका दिन प्रदान गरिने पदक कोरोना महामारीले अघिल्लै वर्षमा घोषणा गरिएकाले अहिलेसम्म पाउन सकेका छैनन् । अब अघिल्लो वर्ष र यो वर्ष सम्मानित हुने सबैलाई एकै पटक राष्ट्रयपतिबाट विभूषण प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ११ : १८ बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान