बिलमा मिति नलेख्ने व्यापारी भन्छन्- लकडाउनले मिति नै बिर्सिएँ « Khabarhub

बिलमा मिति नलेख्ने व्यापारी भन्छन्- लकडाउनले मिति नै बिर्सिएँ


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘लकडाउनले मिति नै बिर्सिएँ सर ! त्यसैले बिलमा नलेखेको,’ काठमाडौँ महानगरपालिका वडा २६ गोङ्गवु टाउन प्लानिङ्मा खाद्य व्यापार गर्ने कृष्णमान श्रेष्ठले सामान बेचेको बिलमा मिति उल्लेख नगर्नुको कारण यसरी बताए ।

उनले खरिद बिलमा केरमेट गरेका थिए । यसको सोझो कारण बताउँदै उनले थपे बिल अंग्रेजीमा पठाउँछन् । आफूलाई अंग्रेजी आउँदैन । त्यही भएर नेपालीमा लेख्न लगाएको ।’

उनको पसलमा बेच्न राखिएका चामलको बोरामा राखिएको ट्यागका अक्षर केरमेट भएकोमा उनले अनभिज्ञता जनाए ।

शनिबार बिहान महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा व्यापारी श्रेष्ठले यस्तो बताएका हुन् ।

उनको पसल छेवैमा रहेको बिग मार्टमा प्याकेजिङ् अनुमति पत्र नपाएका सामानहरु बिक्रीमा राखिएका थिए । चिप्सलगायत एअर टाइट प्याकेजिङ् खाद्य वस्तुका केही प्याकेजहरुमा हावा फुस्किएको थियो ।

यता मरासिनी स्टोरमा म्याद गुज्रेका खाद्य तथा तेलजन्य बस्तु भेटिए ।

स्टोरकी सञ्चालक प्रमिला मरासिनी शर्मा भन्दैथिइन, ‘लक डाउनले केही मिलाउन पाएको छैन । आज काम गर्ने मान्छे बोलाएकी छु ।’

उनको पसलबाट उपभोग्य म्याद नाघेका आमा व्राण्डको आधा लिटरका १७ प्याकेट तेल, कोसेली ब्राण्डको १ लिटर तेल, ३० केजी मैदा, २ केजी चिनी बरामद गरेर नष्ट गरिएको छ ।

अनुगमन टोली मरासिनी स्टोरमा भएकै बेला मिलन श्रेष्ठले सुनकोशी व्राण्डको १ कार्टुन सुकेको चाउचाउ लिएर आए । तर बिल दिएनन्। सोधखोज गर्दा उनी आलो चाउमिन बनाएर वितरण गर्ने गरेको थाहा भयो ।

छेवैमा उनले करिब ४० प्याकेज आलो चाउमिन मोटरसाइकलमा राखेका थिए । ती सामानमा उत्पादक मिति, उपभोग्य मिति, मूल्य केही पनि उल्लेख थिएन । यो देखेर अनुगमन समितिका सदस्यले सोधे यो चाउमिन खान मिल्छ भनेर कसरी थाहा पाउनु । यो प्रश्न सुनेर श्रेष्ठले उत्तर दिए, ‘छाम्नु त सर, तातै छ । थाहा भइहाल्छ नि ।’

अनुगमन समितिले यस्तो व्यापार गर्न नहुने भनेर श्रेष्ठलाई सचेत गराएर छाड्यो ।

अनुगमन समितिले आज गोङ्गबु आवास क्षेत्रमा भएका खुद्रा पसलहरुको अनुगमन गरेर सुधारका लागि सचेत गराएर छाडेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १२ : ४१ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका