ललितपुरको पाटन र मेघा अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

ललितपुरको पाटन र मेघा अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको पाटन र मेघा अस्पतालमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा ३ जना र मेघा अस्पतालमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको हो ।

मृत्यु हुने संक्रमित मध्ये एकजना ३ जना महिला र एकजना पुरुष रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा सर्लाहीका ६० वर्षका एक पुरुष, ललितपुरका ७६ र ६८ वर्षका दुईजना महिलाको मृत्यु भएको हो । पाटन अस्पतालमा भएका एक पुरुष र दुई महिलाको शुक्रबार मृत्यु भएको हो ।

यस्तै मेघा अस्पतालमा भक्तपुरकी एकजना ९० वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ । ती महिलालाई असोज १ गते अस्पताल भर्ना गरिएकोमा शनिबार (असोज ३ गते) मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १ : २० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र