सोमबारदेखि पूर्ण क्षमतामा आन्तरिक उडान, ५० प्रतिशत टिकट बुकिङ « Khabarhub

सोमबारदेखि पूर्ण क्षमतामा आन्तरिक उडान, ५० प्रतिशत टिकट बुकिङ


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ महामारीका कारण ६ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान सोमबारदेखि पूर्ण क्षमतामा हुने भएका छन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले स्वास्थ्य सावधानी अपनाएर पूर्ण क्षमतामा उडानको अनुमति दिएलगत्तै धमाधम बुकिङ सुरू भएको छ ।

यही असोज ५ गतेदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन् । शुक्रबारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले बताएका छन् ।

अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ । शुरुआती चरणमा एयरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए ।

‘असोज ५ गतेदेखि सबै प्रकारका आन्तरिक उडान शुरु हुँदैछन् । शुरुआती चरणमा बुकिङ उत्साहजनक छ, यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान बढाइनेछ’, उनले भने ।

एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने जनाइएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने सङ्घले जनाएको छ ।

शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ । छिट्टै उडान सङ्ख्या वृद्धि गरिने कम्पनीले जनाएका छन् । नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एयरले पहिलो साता २० देखि २२ उडान गर्नेछ ।

बुद्धले आफ्ना सबै गन्तव्यमा उडान भर्ने जनाएको छ । बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरुप उडान सङ्ख्या बढाउँदै लगिने कम्पनीले जनाएको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीका तर्फबाट आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको बताए ।

उनका अनुसार यती एयरलाइन्सको अहिले ५० प्रतिशत बुकिङ भइसकेको छ । शुरुमा करीब दैनिक १० उडान हुनेछ । अहिलेलाई विराटनगर, पोखरा र चीतवनमा दैनिक दुई तथा अन्य गन्तव्यमा एक–एक उडान गरिनेछ ।

सामान्यको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न भनेकाले कम उडान सङ्ख्या निर्धारण गरिए पनि क्रमशः यात्रुको मागअनुरुप उडान बढाउँदै लगिने प्रवक्ता बर्तौलाले उल्लेख गरे ।

सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत्प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी ५ असोजदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् ।

शुरुमा आन्तरिक उडानका जहाजले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएको थियो । व्यवसायीले विरोध जनाएपछि शत प्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो ।

महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध थियो ।

अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि सञ्चालनमा आएको छ । असोज १ देखि अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउनाका साथै सार्वजनिक यातायातका साधन पनि सञ्चालनमा आएको छ । बन्दाबन्दीको छ महिनापछि होटल तथा रेस्टुरा व्यवसाय पनि शुरु भइसकेको छ ।

यसैबीच वायुसेवा सञ्चालक सङ्घले एक विज्ञप्ति जारी गर्दै आन्तरिक हवाई उडान खोल्ने सरकारको निर्णयको स्वागत तथा आभार प्रकट गर्दै आन्तरिक उडानका लागि शुक्रबार पर्यटन मन्त्रालयबाट भएको निर्णय अनुरुप पूर्ण परिपालना गरी सबै वायुसेवाहरुले उडान पुनः सञ्चालन गर्ने जनाएको छ ।

सङ्घका अध्यक्ष क्या. रामेश्वर थापाले मन्त्रालय र नियामक निकायको निर्देशन पूर्ण पालना गर्दै कोभिड रोकथाम तथा जोखिम न्यूनीकरण गर्ने कार्यमा सङ्घले सबै वायुसेवाहरुको पूर्ण सहयोग रहने विश्वास दिलाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ३ : ०७ बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक