बागमती प्रदेशमा १९ हजारबढी कोरोना संक्रमित | Khabarhub Khabarhub

बागमती प्रदेशमा १९ हजारबढी कोरोना संक्रमित


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ ।

नेपालमा कोरोना संक्रमण देखा परेको ७ महिनाको अवधिमा बागमतीमा संक्रमितको संख्या १९ हजार चार सय ४२ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार यो संख्या देशभर कुल संक्रमित मध्ये ३१ दशमलव ५६ प्रतिशत हो ।
प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित काठमाडौंमा छन् । शुक्रबार साँझसम्म काठमाडौंका १२ हजार चार सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म चितवनका एक हजार ६ सय ७४, ललितपुरका एक हजार चार सय २८, भक्तपुरका एक हजार दुई सय ७७, मकवानपुरका एक हजार दुई सय ११, काभ्रेपलाञ्चोकका चार सय १७, धादिङका तीन सय ५८, सिन्धुपाल्चोकका एक सय ३८, नुवाकोटका एक सय ३५, रामेछापका एक सय २७, दोलखाका एक सय ११, सिन्धुलीका एक सय तीन र रसुवाका २० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये ९ हजार सात सय ७१ अर्थात् ५०.३ प्रतिशत निको भई डिस्चार्ज भइसकेका छन् । बागमतीमा ९ हजार पाँच सय ३९ अर्थात् ४९ प्रतिशत उपचाररत र एक सय ३२ जना अर्थात् ०.७ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी हाल तीन हजार सात सय ३० आइसोलेसनमा, चार सय ९३ क्वारेन्टिनमा र एक हजार तीन सय २६ जना होम क्वारेन्टिनमा बसिरहेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ४ : ३२ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११