गायक शक्ति चन्दको ‘फूल्दै फूल्दै जाउ’ सार्वजनिक « Khabarhub

गायक शक्ति चन्दको ‘फूल्दै फूल्दै जाउ’ सार्वजनिक


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय नेपाली लोक तथा दोहोरीको क्षेत्रले फड्को मारेको छ ।

गीत भन्नै वित्तिकै रक, पप, आधुनिक र फिल्मी गीतलाई मात्रै बुझिने नेपाली समाजमा केही बर्ष यता लोकदोहोरी गीतलाई धेरै सुन्न र हेर्न थालेका छन् ।

लोक तथा दोहोरी गीतमा प्रयोग भएका मौलिक लय र शब्दका कारण यसको गरिमासमेत बढेको छ । अझ कतिपय फिल्मले त लोक गीतकै साहरा लिएर फिल्म चल्ने विश्वास पनि राख्छन् । सुन्दा पनि मुखैमै झुन्डिने भाकाले लोकदोहोरी गीतलाई थप उचाई दिएको छ ।

यस्तै खालको लोकदोहरी गीत लोकप्रिय गायक शक्ति चन्दले बजारमा ल्याएका छन् । ‘फुल्दै फुल्दै जाउ’ नाम दिएर बजारमा आएको यो गीत युट्युव  हेर्नेको संख्या पनि बढिरहेको छ । तर गायक चन्दले युट्युवको भ्युजकै आधारमा गीतको मुल्यांकन गर्न भने नसुहाउने बताउँछन् ।

उनका अनुसार गीत बनाउँदा गरिएको मेहनत, त्यसमा प्रयोग भएका मौलिक शब्द र लयले उत्तिकै अर्थ राख्दछ ।

गीतमा गायक चन्दसहित लोकप्रिय गायिका मुना थापा मगरको स्वर रहेको छ । चन्द्र परियारको लय, शब्दमा बनेको गीतमा अभिषेक श्रेष्ठ र बसन्ती वलीको अभिनय छ ।

शक्ति चन्द नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीत यसरी हेर्न सकिन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ४ : ५५ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन