सवारी दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–९ रजैयामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दीपेन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र विपरीत दिशातर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा अधिकारीको मृत्यु भएको हो ।

प्रवक्ता रानाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मिनीबस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ५ : २० बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक