राज्यले सागका स्वर्ण विजेता खेलाडीको अपमान गर्‍यो : खेलाडी संघ « Khabarhub

राज्यले सागका स्वर्ण विजेता खेलाडीको अपमान गर्‍यो : खेलाडी संघ


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३औँ सागका स्वर्ण विजेता खेलाडीलाई फारम भर्न लगाएर पनि मानपदवीबाट सम्मान नगरेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले असन्तुष्टि जनाएको छ।

संघले शनिबार विज्ञप्ति जारी गर्दै खेलाडीलाई फारम भराएर पनि सम्मान नगरेर सरकारले खेलाडीको अपमान गरेको जनाएको हो ।

`स्वर्ण पदक विजेता खेलाडीले फारम भरेर राखेपलाई बुझाए पनि आज सूची सर्वाजनिक हुँदा विभागले सिफारिस गरेका बाहेक कुनै पनि खेलाडी मानपदवीको सूचीमा समावेश नहुनु अत्यन्तै दुःखद पक्ष हो । यसले खेलाडी र खेल क्षेत्रलाई हेर्ने सरकारको दृष्टीकोण फेरि एक पटक उजागर भएको छ । सम्मान दिन सकिन्न भने खेलाडीलाई अपमान गर्ने अधिकार पनि कसैलाई रहदैन’, संघका अध्यक्ष दीपक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सम्मानित हुने व्यक्तिहरुको नाम शनिबार सार्वजनिक गरिएको थियो । त्यसमा राष्ट्रिय खेलबुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालसहित खेल क्षेत्रका १९ जना परेका छन् ।

रमखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तेक्वान्दोकि कीर्तिमानधारी संगिना वैद्य र तेक्वान्दो कै प्रशिक्षक तुलसि गौतमको नाम सार्वजनिक गरेको थियो।

सागमा नेपालले ५१ स्वर्ण ६० रजत र ९६ कास्य पदक जितेको थियो। सम्मानित हुने खेलाडी र व्यक्तिहरुलाई बधाई दिँदै संघले भनेको छ,‍ ‘देशले विभिन्न कार्यक्रममार्फत संविधान दिवस मनाईरहँदा सिंगो खेल क्षेत्र भने निराश हुनुपर्ने अवस्था श्रृजना भएको छ ।’

सागमा खेलाडीले आफ्नो जिम्मेवारी पूरा गरेपनि राज्यले उनीहरुले दिलाएको सफलताको कदर गर्न नसकेको आरोप खेलाडी संघले लगाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : २० बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा