एभर्टनको लगातार दोस्रो जित, लेविनले गरे ह्याट्रिक « Khabarhub

एभर्टनको लगातार दोस्रो जित, लेविनले गरे ह्याट्रिक


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार भएको खेलमा वेस्ट ब्रोमविचलाई ५-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार दोस्रो जित निकालेको हो ।

प्रिमियर लिगको यो सिजनमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका लेविनले ३१, ६२ र ६६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

अरू २ गोल एभर्टनका लागि ह्यामेस रोड्रिग्वेजले ४५औं र मिचेल केआनले ५४औं मिनेटमा गोल गरेका थिए ।

खेल १०औं मिनेटमा ब्रोमविचका ग्रान्ड डिआगाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, अग्रता जोगान नसक्दा पहिलो हाफमा २–१ गोल अन्तरले पछि परेको थियो ।

दोस्रो हाफको दोस्रो मिनेट अर्थात् ४७औं मिनेटमा माथ्युस पियरेराले गोल गर्दै २–२ गोल बराबरी भएको थियो । पछि एभर्टनका काल्भर्टले उत्कृष्ट प्रदर्शन दिँदा ब्रोमविच ५–२ गोल अन्तरले पराजित भएको हो ।

लगातार दुई खेल जितेको एभर्टन ६ अंकसहित शीर्ष स्थानमा छ भने ब्रोमविचले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : ५० बजे

ट्रम्पको एउटै ‘पोस्ट’ ले हल्लायो तेल बजार

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हुने

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल