चुनावलाई मध्यनजर गर्दै सीमामा थप कडाई | Khabarhub Khabarhub

चुनावलाई मध्यनजर गर्दै सीमामा थप कडाई


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेपालमा लागूऔषध र हतियार प्रवेश रोक्न भारत बिहारको किसनगञ्ज जिल्लाका सुरक्षा प्रमुखहरूलाई मोरङ र झापाका सुरक्षा प्रमुखले आग्रह गरेका छन्।

मेची नदी पारी किसनगञ्ज जिल्लामा ३ असोजमा भएको दुई देशका सुरक्षा प्रमुखहरूको बैठकमा नेपाली सुरक्षा अधिकारीले भारतीय सुरक्षाकर्मीसंग हतियार र लागूऔषधको चुनौती बढेको बताए।

“खुल्ला सीमानाका कारण भारतबाट हतियार भित्रिने मोरङको प्रमुख समस्यालाई भारतीय समकक्षीसामू राखेको छु”, मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने, “यसमा उनीहरूले सकारात्मक आश्वासन दिएका छन्।”

बिहारमा हुन लागेको निर्वाचन सुरक्षालाई ध्यानमा राखेर किसनगञ्जमा नेपालका सुरक्षा अधिकारीलाई आमन्त्रण गरिएको थियो। यद्यपि यो छलफललाई नियमित बैठक भनिएको छ।

झापा र किसनगञ्जका सुरक्षा अधिकारीबीच गत पुषयता भेटघाट भएको थिएन। बन्दाबन्दीका कारण दुई देशबीचको सीमा बन्द भएपनि भारतीयको आमन्त्रणमा गएका सुरक्षा अधिकारीले सीमामा हुँने विविध समस्या समाधानमा सघाउन आग्रह गरेका थिए।

“झापाका लागि लागूऔषध ठूलो चुनौती हो। हामीले पहिले पनि समकक्षीलाई भन्ने गरेका थियौं”, झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भने, “भारतबाट नेपालमा झापाको बाटो हुंदै आउने धेरै लागूऔषध समातेका छौं।”

बैठकमा द्विपक्षीय सामान्य समस्यालाई आफ्नै  तहबाट समाधान गर्नेपनि मौखिक सहमति भएको कोइरालाले जानकारी दिए।

बैठकमा सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वाटर झापाका उपरीक्षक रमेश पाण्डेले पनि सीमाका समस्याका बारेमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का समकक्षीसंग कुरा राखेका थिए।

कोरोनाको संक्रमण फैलन नदिन गरिएको सीमा सीलको अवधिमा दुबै देशका सुरक्षाकर्मीले कडा निगरानी गर्ने बारेपनि उनीहरूले मौखिक सहमति गरेका छन्।

किसनगञ्जका एसपी कुमार अश्मिन, एसएसबीका किसनगञ्ज जिल्लाका कमाण्डेण्ट सुभास नेगी लगायतले नेपाली समकक्षीलाई बिहारमा हुने निर्वाचनका बेला मदिरा भारत प्रवेशमा रोक लगाउन आग्रह गरेका छन्।

बिहार मदिराको पूर्ण निषेधित राज्य भएकाले भारततर्फ लगिने मध्यपान नियन्त्रण, विस्फोटक पदार्थको तस्करी, अपराधिक समूहको विवरण आदानप्रदान गर्न भारतीय पक्षले आग्रह गरेको छ।

निर्वाचन अवधिको अघि र पछि निर्वाचन कानून र कार्यान्वयनमा, निर्वाचन बिथोल्न सक्ने तत्व बिरुद्ध कडा कारवाही गर्न, राजनीतिक, साम्प्रदायिक र जातीय तनावले निर्वाचनलाई पार्नसक्ने प्रभाव रोक्न सहयोगका लागि पनि भारतीय सुरक्षाकर्मीले नेपाली समकक्षीसंग आग्रह गरेका छन्।

सीमामा अति विशिष्ठ ब्यक्ति, अर्ध सैनिक बल र अन्य राज्यका सुरक्षा अधिकारीहरू पनि आउने भएकाले सुरक्षामा सहयोग गर्न र सीमाका सडक तथा खोलामा सुरक्षा तैनाथी बढाएर सहयोग गर्नपनि भारतीयले आग्रह गरेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १० : ०५ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति