रोनाल्डोले जिते सर्वाधिक गोलकर्ताको अवार्ड « Khabarhub

रोनाल्डोले जिते सर्वाधिक गोलकर्ताको अवार्ड


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिसटिक्स (आईएफएफएचएस) सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् ।

रोनाल्डोले सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै पाँचौपटक यो अवार्ड जितेका हुन् । रोनाल्डोले यसअघि २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए ।

३५ वर्षीय रोनाल्डोले २०१९ मा १० अन्तराष्ट्रिय खेलमा २१ गोल गरेका थिए ।

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले सन् २०२० को सेप्टेम्बर दोस्रो साता मात्रै पोर्चुगलका लागि १०१ अन्तर्राष्ट्रिय गोल पुरा गरेका थिए । उनले १६५ खेलमा शतकीय गोल पुरा गर्दै विश्व फुटबलमा १ सय गोल पुरा गर्ने दोस्रो खेलाडी बनेका थिए । उनीभन्दा अघि इरानका अली दाई १०९ गोल अगाडि रहेको छ ।

२०१९ मा इंग्ल्यान्डका ह्यारी केन (१९), इंग्ल्यान्डकै रहिम स्टर्लिङ (१७) र पोल्यान्डका रोबर्ट लेवान्डोस्की (१६) अन्तर्राष्ट्रिय गोल गरेका थिए । गतवर्ष अल्जेरिया तथा कतारी क्लब अल सादका बागदाद बोउनेदजाहले यो अवार्ड हात पारेका थिए ।

आईएफएफएचएस सर्वाधिक गोलकर्ताको अवार्ड क्लब र देश दुवैको लागि एक क्यालेन्डर वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीलाई प्रदान गर्ने गर्दछ । यसमा महादिपीय प्रतियोगिता (युइएफए च्याम्पियन्स लिग र कोपा लिबर्टाडोरस) का साथै उनीहरुको अन्तर्राष्ट्रिय प्रतियोगितासँगै राष्ट्रिय टोलीबाट गरेको गोललाई गणना गर्ने गरिन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ०९ बजे

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि