ज्यान गुमाउन पनि टस ! « Khabarhub

ज्यान गुमाउन पनि टस !


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको बिहारस्थित मुजफ्फरपुर जिल्लामा एक अनौठो तर दर्दनाक घटना भएको छ । जहाँ एक दम्पतीले रेलको सामुन्ने हाल फालेर आत्महत्या गरेका छन् ।

मुजफ्फरपुरको सकडमा थाना क्षेत्रको चन्दनपटी गाउँ निवासी दम्पती दीपक साह र उनकी पत्नी रिंकू देवीले घरेलु विवाद सहन नसकि रेलको सामु हाम फालेर आत्महत्या गरेका छन्।

आत्महत्या पहिले उनीहरुले साथै लगेका छोरालाई छोरालाई घर जान अह्राए । आमाबुवाको आदेश मानेर जब छोरा अगाडी बढेका मात्र थिए, आउदै गरेको रेलको सामुन्ने पहिले उनकी आमाले हाम फालेर आत्महत्या गरिन् ।

लगत्तै उनको बुवाले समेत आमा झै हाम फालेर आत्महत्या गरे । यो सबै दृष्य उनका छोराले देखे । लगत्तै उनले घरका अन्य सदस्यलाई बोलाए ।

खासमा दीपक र रिंकूदेवीको घरमा पारिवारिक विवाद हुने गर्दथ्यो । दुबै एकआपसमा बाजाबाज गर्दथे । मृतक दम्पतीका एक मात्र सन्तान उनका छोराका अनुसार घरमा बाझिरहेका उनका बुवाआमा छोरालाई समेत एक्लै बाचेर केहि नहुने भन्दै साथमा रेल्वे स्टेशन लिएर गए ।

त्यहा उनीहरुले निकै बेर गलफती गरेपछि सिक्काले टस गरे र छोरा बाचेको भन्दै उनलाई घर जान अह्राए । जसै उनी घर जान फर्किए लगत्तै दुबैले आउदै गरको रेलका सामुन्ने हाम फालेर आत्महत्या गरे ।

स्थानीय प्रहरी घटनास्थलबाट दुबैका शव पोस्टमार्टमका लागी पठाएको छ । ३६ वर्षीय दीपक र ३२ बर्षीया रिंकूले घर झगडाबाट मुक्ति पाउन आत्महत्याको बाटो रोजेको भारतीय प्रहरीको आशंका छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ४९ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा