महामारीकाबीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिदैँ « Khabarhub

महामारीकाबीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिदैँ


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना महामारीकाबीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिने भएको छ ।

पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चललगायतका केही प्रदेशमा कोरोना महामारीले ७ महिनाअघि बन्द गरिएका विद्यालय तथा रेल सेवा आज सुरू गर्न लागिएको छ ।

मुम्बईमा बिहान साढे ८ देखि बेलुका साढे ८ बजेसम्म रेल सञ्चालनको अनुमति दिइएको छ । तर, यात्रुले अनिवार्य स्वास्थ्य मापदण्डका नियमहरू पालना गर्नुपर्नु छ ।

स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सर्तसहित विद्यालयहरू पनि खुल्न लागेका छन् ।

उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइए पनि विद्यार्थीहरुलाई विद्यालय जानै पर्ने अनिवार्य गरिएको छैन ।

पञ्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्नेछन् । एउटा सिटमा एक जना मात्र विद्यार्थीलाई बसाइने छ । हिमाञ्चल प्रदेशमा पनि कक्षा १० र कक्षा १२ का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्न खुला गरिँदैछ ।

सिक्किममा पनि आजैबाट पठनपाठन थालिने भएको छ । जाडोको र शनिबारको विदा पनि कटाएर नयाँ शैक्षिक क्यालेन्डर बनाएसँगै सिक्किम पठनपाठन नियमित हुन लागेको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : २६ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन