बिदा मनाउन हिँडेका ‘डच’ राजा रानी विरोधपछि स्वदेश फिर्ता « Khabarhub

बिदा मनाउन हिँडेका ‘डच’ राजा रानी विरोधपछि स्वदेश फिर्ता


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरस महामारीका बेला राजा रानी बिदा मनाउन विदेश हिँडेको भन्दै तीब्र विरोध भएपछि नेदरल्याण्डका राजपरिवार सदस्यहरू भोलिपल्टै स्वदेश फर्किएका छन् ।

नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरिरहेका समय सरकारी विमानमा बिदा मनाउन ग्रीस गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो ।

राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीस गए पनि चर्को विरोध भएपछि उनीहरू शनिवार साँझ नै स्वदेश फर्किएको बीबीसीले जनाएको छ ।

विदामा ग्रीस जान हिडेको भएपनि आफूहरूले कुनै नियमको उल्लङ्घन नगरेको तर तीव्र आलोचनाबाट आफूहरू प्रभावित भएको राजा विलेम र रानी म्याक्सिले बताएका छन् ।

राजपरिवारका सदस्य लिएर फर्केको कार । तस्वीर : ईपीए ।

प्रधानमन्त्री मार्क रुटले राजा रानीलाई बिदामा जान सुझाब दिएको हुनसक्ने चर्चाहरूबीच यस विवादले उनी पनि दबाबमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

दरबारको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ भाइरस नियन्त्रणमा लिन निर्धारित निर्देशिका पालना हुनुपर्छ भन्नेबारे कुनै शङ्का छैन। हाम्रो बिदा मनाउने विषयमाथि भइरहेको बहसले त्यसलाई सहयोग पुर्‍याउँदैन ।’

विलेम एलेग्जेन्डर सन् २०१३ मा राजा बनेका थिए ।  नेदरल्यान्डको दैनिक राज्य सञ्चालन प्रक्रियामा डच राजपरिवारको कुनै औपचारिक भूमिका रहन्न । तर, प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रालय राजपरिवार के भन्छ र के गर्छ भन्नेबारे जिम्मेवार रहन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ३० बजे

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा

अमेरिका– टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत