बिदा मनाउन हिँडेका ‘डच’ राजा रानी विरोधपछि स्वदेश फिर्ता « Khabarhub

बिदा मनाउन हिँडेका ‘डच’ राजा रानी विरोधपछि स्वदेश फिर्ता


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरस महामारीका बेला राजा रानी बिदा मनाउन विदेश हिँडेको भन्दै तीब्र विरोध भएपछि नेदरल्याण्डका राजपरिवार सदस्यहरू भोलिपल्टै स्वदेश फर्किएका छन् ।

नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरिरहेका समय सरकारी विमानमा बिदा मनाउन ग्रीस गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो ।

राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीस गए पनि चर्को विरोध भएपछि उनीहरू शनिवार साँझ नै स्वदेश फर्किएको बीबीसीले जनाएको छ ।

विदामा ग्रीस जान हिडेको भएपनि आफूहरूले कुनै नियमको उल्लङ्घन नगरेको तर तीव्र आलोचनाबाट आफूहरू प्रभावित भएको राजा विलेम र रानी म्याक्सिले बताएका छन् ।

राजपरिवारका सदस्य लिएर फर्केको कार । तस्वीर : ईपीए ।

प्रधानमन्त्री मार्क रुटले राजा रानीलाई बिदामा जान सुझाब दिएको हुनसक्ने चर्चाहरूबीच यस विवादले उनी पनि दबाबमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

दरबारको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ भाइरस नियन्त्रणमा लिन निर्धारित निर्देशिका पालना हुनुपर्छ भन्नेबारे कुनै शङ्का छैन। हाम्रो बिदा मनाउने विषयमाथि भइरहेको बहसले त्यसलाई सहयोग पुर्‍याउँदैन ।’

विलेम एलेग्जेन्डर सन् २०१३ मा राजा बनेका थिए ।  नेदरल्यान्डको दैनिक राज्य सञ्चालन प्रक्रियामा डच राजपरिवारको कुनै औपचारिक भूमिका रहन्न । तर, प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रालय राजपरिवार के भन्छ र के गर्छ भन्नेबारे जिम्मेवार रहन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ३० बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज