सडक निर्माणसँगै गाउँमै मोटरसाइकल बिक्री « Khabarhub

सडक निर्माणसँगै गाउँमै मोटरसाइकल बिक्री


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मुख्य सडकहरु जाजरकोट भएर जाने क्रम वृद्धिसँगै मोटरसाइकल कम्पनीका शाखाहरु स्थापना हुने क्रम बढेको छ ।

दुई वर्षअघि मोटरसाइकल खरिद गर्न नेपालगन्ज र सुर्खेत जाने जाजरकोटेलीहरु अहिले सदरमुकामै स्थापना भएका सोरुमबाट नै खरिद गर्ने गरेका छन् ।

जाजरकोट सदरमुकाम रहेको भेरी नगरपालिका भएर जाजरकोट–डोल्पा सडक खण्ड, जाजरकोट–जुम्ला र मध्यपहाडी लोकमार्ग सञ्चालन भएपछि मोटरसाइकलका सोरुम जिल्लामा भित्रने क्रम बढेको छ ।

जाजरकोट, रुकुम पश्चिम र डोल्पाको बीच भागमा पर्ने जाजरकोटमा अहिले सवारी साधन खरिद तथा बिक्रीको कार्य निकै बढेको छ ।

गत साउनदेखि असोजसम्म मात्र सदरमुकामबाट १२० भन्दा बढी मोटरसाइकल बिक्री भएको एमाह कम्पनीको अधिकारिका सोरुम तथा लक्की तथा आर्दश सप्लायर्सका प्रमुख नगेन्द्र शाहले जानकारी दिए ।

हालसम्म चार सय किलोमिटरभन्दा बढी आन्तरिक सडक निर्माण भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिए ।

नलगाड जलविद्युत आयोजना (४१७) मेगावाट आयोजना समेत जाजरकोटमै निर्माण कार्य सुरु भएका कारण सडक तथा विद्युत लाइन विस्तार गर्न थप बल पुगेको छ ।

छिन्चु – जाजरकोट सडक भित्र ९ पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । जाजरकोट – डोल्पा सडक खण्डमा १३ पुल निर्माण प्रक्रिया सुरु भएको सडक डिभिजन प्रमुख भट्टले बताए ।

जिल्लामा केन्द्रीय विद्युतको सव स्टेशन निर्माणका लागि समेत सडक अनिवार्य भएकाले अहिले सडक निर्माण कार्य तीव्र पारिएको छ । विदेशी तथा स्वदेशी पर्यटकहरु समेत जिल्ला आउन सहज भएको छ ।

जिल्लाका आन्तरिक सडकमा समेत कालोपत्रको काम सुरु गर्न लागिएको वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले निजी क्षेत्र पनि जाजरकोटमा सशक्त हुँदै गएको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : ०५ बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२