दशैँ भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन « Khabarhub

दशैँ भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सबै सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएको छ।

संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्।

पार्टी सभापतिले संसदीय दललाई पनि भत्ता फिर्ता गर्न निर्देशन दिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

सांसदहरु सबै काठमाडौंमा उपलब्ध नभएका कारण बैठक राख्न सम्भव नसकिएकाले दलको नेताका हैसियतले देउवाले दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएको खाँणले जानकारी दिए ।

जनता भोकभोकै भएको अवस्थामा सांसदहरुले भत्ता लिनु उपयुक्त नहुने भएर यस्तो निर्देशन दिएको उनले बताए।

यसअघि सांसद खाँण, प्रकाशमान सिंह डा. नारायण खड्कालगायतका नेताहरूले दशैँ भत्ता फिर्ताको निर्णय गरिसकेका छन् ।

जनता कोरोना भाइरसको महामारीबाट पीडित भइरहँदा पनि जनताकै प्रतिनिधि भनिएका सांसद्हरूले भने दशैँ भत्ता बापत ६४ हजार ७० रूपैयाँ भत्ता लिएको बाहिरिएपछि चौतर्फि आलोचना भएको छ ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन्।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : २७ बजे

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव