१३ वर्ष पहिले झण्डै फुस्किएको सोनूको जीवन ! « Khabarhub

१३ वर्ष पहिले झण्डै फुस्किएको सोनूको जीवन !


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सोनू सूदले कैयौं अन्तर्वार्तामा आफु आमाप्रति निकै भावुक रहेको बताउदै आएका छन् । सोनूका अनुसार उनकी आमा नै उनको सबैभन्दा ठुलो फ्यान थिइन् । जसले अभिनय करीयरमा उनको हमेशा हौसला बढाउथिन् ।

गत १३ अक्टोबरमा सानूले आफ्नो आमाको पुण्यतिथि पारेर उनको एक पुरानो तस्वीर इंस्टाग्राममा शेयर गरेका छन् । सोनूले इन्स्टामा आमाको ब्ल्याक एण्ड व्हाइट तस्वीर शेयर गर्दै क्याप्सनमा, १३ वर्ष पहिले आजैको दिन (१३ अक्टोबरमा) जब जीन्दगी मेरो हातबाट फुस्कियो, आमा लेखेका छन् । उनको यस पोष्टलाई लाखौंले शेयर र लाइक गरेका छन् ।

लकडाउनमा प्रवासी मजदूरलाई दिनरात सहयोग गरी भगवान बनेका सोनूले लाखौंलाई उनको घर पुर्याउन मद्दत गरेका थिए । यस बिषयमा सोनूले एक किताब समेत लेख्दैछन्, जो चाँडै प्रकाशित हुनेछ । यसमा उनले लकडाउनका क्रममा प्रवासी मजदूरको पिडाका बारेमा लेख्नेछन् ।

अहिले भारतमा लकडाउन हटेको छ । तर पनि सोनूलाई सहयोगको याचना गर्नेहरुको संख्या कम भएको छैन । जहाँसम्म सोनू पनि सकेसम्म सबैलाई सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  २ : ११ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको