सेना नपुग्ने ठाउँमा कोरोना संक्रमितको शव व्यवस्थापनको जिम्मा आफन्तलाई « Khabarhub

सेना नपुग्ने ठाउँमा कोरोना संक्रमितको शव व्यवस्थापनको जिम्मा आफन्तलाई


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाली सेनाको टोली नपुगेको ठाउँमा कोरोना भाइरस संक्रमितको शव परिवारका सदस्य आफैंले पनि व्यवस्थापन गर्न सक्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले कोभिड-१९ संक्रमितको शव व्यवस्थापन परिवारका सदस्य आफैंले पनि गर्न सक्ने गरी नीति परिवर्तन गरिएको जानकारी दिएका हुन् ।

‘कोभिड १९ को संक्रमण भइ घरकै आइसोलेसनमा मृत्यु भएमा गरिने व्यवस्थापनमा केही अलमल भएको छ। धेरै प्रश्‍न पनि उठेका छन्’, गौतमले भने, ‘धेरै धार्मिक समुदायले आफ्नै संस्कृति अनुसार दाहसंस्कार गर्न पाउनुपर्ने माग गरेका छन्। आफ्नो धर्म संस्कृति अनुसार व्यवस्थापन गर्न सक्नेलाई हामीले बाटो खोलिदिएका हौं। ‘

गौतमले मृत शरीरबाट कोरोना रोग सर्ने सम्भावना कम हुने बताए। तर पनि शव व्यवस्थापनमा उच्च साबधानी अपनाउन उनले आग्रह गरे ।

‘कोरोना थुकबाट सर्छ, मृतकले थुक निकाल्ने कुरा भएन। शरीरबाट निस्केको झोल पदार्थसँग सतर्क रहँदै शव व्यवस्थापन गर्न सकिन्छ। तर मास्क र पञ्‍जाको व्यवस्था अनिवार्य हुनुपर्छ’, उनले भने ।

हाल नेपाली सेनाले गरिरहेको शव व्यवस्थापन कार्य पनि निरन्तर रहने उनको भनाइ थियो । नेपाली सेना नपुगेको अवस्थामा तथा परिवारले आफैं दाहसंस्कार गर्छु भनेको खण्डमा मात्र उनीहरुलाई जिम्मा दिइने उनले बताए ।

उनले भने, ‘सरकारले शव व्यवस्थापन गर्दैन भन्‍ने कुरा हल्ला मात्रै हो।’

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ५ : ४२ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार