दशैंको अवसर पारेर आस्थाले ल्याइन् ‘यानी माया’ (भिडियो) | Khabarhub Khabarhub

दशैंको अवसर पारेर आस्थाले ल्याइन् ‘यानी माया’ (भिडियो)


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका आस्था राउतले बडा दशैंको अवसर पारेर ‘यानी माया’ बोलको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।

उक्त भिडियो शुक्रवार म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लोक र पपको फ्युजन सुन्न सकिने सो गीतमा सुरेश अधिकारीले शब्द तथा संगीत भरेका छन् भने महाराज थापाले संगीत संयोजन गरेका छन् ।

आस्थाको यसअघि सार्वजनिक गरिएको ‘आधार २’ एल्बममा समावेश ‘यानी माया’ बोलको गीतमा भिडियो तयार पारिएको हो । भिडियोमा पछिल्लो समय चर्चामा रहेकी कविता नेपालीलाई देख्न सकिन्छ ।

गीतको भिडियोलाई कथानक शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा कविताका साथै गौरव विष्ट, श्रीमला तामाङ र निमा श्रेष्ठको अभिनय छ ।

आस्थाले यसअघि सार्वजनिक गरेको म्युजिक भिडियो ‘माइतीको चिनो’ ले पनि राम्रो चर्चा कमाएको थियो । उक्त म्युजिक भिडियोमा दीपा मास्के र मनोज जोशीको अभिनय देख्न सकिन्छ ।

यसअघि आस्थाले बजारमा ल्याएका ‘नाकैमा फुली’, ‘चौबन्दीमा पटुकी’, ‘झुम्के बुलाकी’ लगायतले गीतले राम्रो चर्चा कमाएका छन् ।

हालै सार्वजनिक गरिएको म्युजिक भिडियो ‘यानी माया’ मा हिमालय इन्फ्रा टिमको निर्देशन, सम्पादन र छायांकन रहेको छ ।

गीतलाई हरिबहादुर राउत र म्युजिक नेपालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : २६ बजे

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको