दशैंको अवसर पारेर आस्थाले ल्याइन् ‘यानी माया’ (भिडियो) « Khabarhub

दशैंको अवसर पारेर आस्थाले ल्याइन् ‘यानी माया’ (भिडियो)


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका आस्था राउतले बडा दशैंको अवसर पारेर ‘यानी माया’ बोलको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।

उक्त भिडियो शुक्रवार म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लोक र पपको फ्युजन सुन्न सकिने सो गीतमा सुरेश अधिकारीले शब्द तथा संगीत भरेका छन् भने महाराज थापाले संगीत संयोजन गरेका छन् ।

आस्थाको यसअघि सार्वजनिक गरिएको ‘आधार २’ एल्बममा समावेश ‘यानी माया’ बोलको गीतमा भिडियो तयार पारिएको हो । भिडियोमा पछिल्लो समय चर्चामा रहेकी कविता नेपालीलाई देख्न सकिन्छ ।

गीतको भिडियोलाई कथानक शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा कविताका साथै गौरव विष्ट, श्रीमला तामाङ र निमा श्रेष्ठको अभिनय छ ।

आस्थाले यसअघि सार्वजनिक गरेको म्युजिक भिडियो ‘माइतीको चिनो’ ले पनि राम्रो चर्चा कमाएको थियो । उक्त म्युजिक भिडियोमा दीपा मास्के र मनोज जोशीको अभिनय देख्न सकिन्छ ।

यसअघि आस्थाले बजारमा ल्याएका ‘नाकैमा फुली’, ‘चौबन्दीमा पटुकी’, ‘झुम्के बुलाकी’ लगायतले गीतले राम्रो चर्चा कमाएका छन् ।

हालै सार्वजनिक गरिएको म्युजिक भिडियो ‘यानी माया’ मा हिमालय इन्फ्रा टिमको निर्देशन, सम्पादन र छायांकन रहेको छ ।

गीतलाई हरिबहादुर राउत र म्युजिक नेपालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : २६ बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा