त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने « Khabarhub

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको महामारीपछि स्थगित परीक्षाको शैक्षिक सत्र पछाडि नधकेलिने गरीको तयारी थालेको छ ।

गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर जाने जोखिम बढेको थियो ।

वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिए ।

विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।

मङ्सिरबाट सुरु गरिएको उक्त परीक्षाका विद्यार्थीले चैतको हाराहारीमा स्नातकोत्तर तहमा भर्ना हुनसक्ने र त्यसअघि नै नतिजासमेत प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ ।

सङ्क्रमित परीक्षा ढिलो

विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणमा परेका विद्यार्थीलाई पनि परीक्षा लिन सक्ने व्यवस्था मिलाएको छ ।

सङ्क्रमित विद्यार्थीको परीक्षा अन्य साधारण विद्यार्थीको तुलनामा १५ मिनेटपछि सुरु गरिने र अन्य विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सकिने जनाइएको छ ।

सङ्क्रमित विद्यार्थीलाई परीक्षा केन्द्रमा अलग्गै कोठामा राखिने बताइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ८ : ०१ बजे

काभ्रे-१ मा शिक्षा र पूर्वाधारमा कायाकल्प गर्ने  गुणराजको संकल्प

काठमाडौं– यसपटकको संसद्‍मा पुराना दलका थुप्रै नेताहरूको अनुहार देख्न पाइने

ओलीको दाबी : बहुमत नआए पनि यो निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ

झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका

खैबर पख्तुनख्वामा घातक विस्फोट

एजेन्सी– उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त सोमबार हिंसात्मक घटनाले पुनः

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

चितवन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र